jQuery(document).ready(function($){ //
});

उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको अगुवाईमा निरन्तर पहल र खबरदारीका कारण अन्ततः उर्लाबारी – मधुमल्ला सडक निर्माण प्रकियाले गति लिएको छ । ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीले लामो समयदेखि लथालिङ्ग रहेको उर्लाबारी – मधुमल्ला सडक निर्माण कार्य सुरु भएको हो । उर्लाबारीको हाटखोलाबाट सडक निर्माणको काम सुरु गरिएको छ । काम सुरु भएकै दिन विहीबार मेयर खरेलले सडकको स्थलगत अनुगमन गर्नुभएको छ ।
सडक निर्माणको काम लामो समयदेखि रोकिँदा सवारी साधन, यात्रु र स्थानीयले हैरानी खेप्नु परेको थियो । सडक निर्माण सुचारु नभएपछि स्थानीयले चर्को असन्तुष्टि पोख्दै आएका थिए । उर्लाबारीकै भाग्य र भविश्यसंग जोडिएको सो सडक निर्माणमा सम्बद्ध पक्षले आलटाल गरेपछि मेयर खरेलले आफै अनसन बस्ने चेतावनी समेत दिनुभएको थियो । लगतै उर्लाबारी र मिक्लाजुङका जनप्रतिनिधिसहित सरोकारवालाको बैठक बसी मेयर खरेलकै नेतृत्वमा सडक निर्माणका लागि पहल समिति गठन भएको थियो । खरेलकै अगुवाईमा गत साउन १८ गते पहल समितिका पदाधिकारीहरु काठमाडौं गएर सम्बन्धित निकायमा सडकको अवस्थाको बारेमा जानकारी गराउँदै तत्काल निर्माण कार्य सुरु गर्न पहल गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय