
…………………………………………………………………..
भाद्र १६, चन्द्रगढी झापा ।
सम्मानित झापा जिल्ला अदालतको मिति २०६३।०६।०३ गतेको फैसला पुनरावेदन परी तत्कालिन सम्मानित पुनराबेदन अदालतबाट मिति २०६५।०१।१७ गते जन्म कैद हुने ठहरी फैसला भएकोमा सो फैसला उपर समेत पुनराबेदन परी सम्मानित सर्बोच्च अदालतबाट मिति २०६५।११।२३ गते सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको निम्न प्रतिबादीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७९।०५।१६ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा सम्मानित अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको ।
पक्राउ प्रतिबादीको बिबरण :
नामथर :- दिप्सन लावती
उमेर : ३७ बर्ष
वतन :-जिल्ला झापा साबिक सतासिधाम गा.बि.स.वडा नं.३ हाल सिवसताक्षी न.पा.वडा नं.८
कैद/सजाय :- जन्म कैद ।
नोट :- १ बर्ष ७ महिना २४ दिन थुनामा बसिसको र १८ बर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको ।