
—————————————
आज मिति २०७९/०५/१४ गते झापा मोडेल अंग्रेजी माध्यमिक विद्यालय दमक ०८ झापामा , विद्यालय रग्वि आयोग केन्द्रिय कार्य समितिको आयोजनामा गुरूकुल पाठशाला बेलवारी ३ मोरंगका शंस्थापक निर्देशक पिनाकल अंग्रेजी स्कूल काने पोखरी ४ का शंस्थापक श्री शुनिलदत्त अधिकारीको अध्यक्षतामा १५ सदस्यिय प्रदेश कमिटी र झापा मोडल अंग्रेजी मा वि दमकका शंस्थापक निर्देशक श्री जयवहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति गठन भएको छ ।
विद्यालय रग्वि आयोग केन्द्रिय अध्यक्ष श्री जे पि (दिपक )अधिकारीको अध्यक्षतामा सम्पन्न प्रदेश भेलाले निर्वाचित गरेका पदाधिकारी सदस्यहरू क्रमश; श्री शुनिलदत्त अधिकारीअध्यक्ष मोरंग ,नारायण सन्जेल (सुनसरी)उपाध्यक्ष ,सदस्यहरू श्री अग्निप्रसाद कोईराला (झापा )श्री सागर खड्का (सुनसरी), श्री प्रभास राजवंशी (सुनसरी), श्रीखिवराज भट्टराई, (झापा),श्री मोहन आचार्य (झापा)श्री पंकज दाहाल पत्रकार श्री सागर खनाल (झापा), श्री चन्द्र खत्री (झापा ), श्री सरोज श्रेष्ठ (झापा ),श्री खगेन्द्र दुलाल (झापा)र
श्री जयबहादुर श्रेष्ठको अध्यक्षतामा श्री गणेश राई सुनसरी सदस्य श्री दिनेश भण्डारी धनकुटा सदस्य , श्री नवराज ठकुरी उदयपुर सदस्य , श्री रामकुमार राजवंशी झापा सदस्य समेतको ५ सदस्यिय सल्लाहकार समिति गठन भएको छ।
प्रदेश नं १ को इतिहासमा पहिलो पटक गठित प्रदेश रग्वि आयोगले निकट भविष्यमा नै विद्यालय विद्यालयमा रग्वि खेल शुरू गर्ने नव निर्वाचित अध्यक्ष शुनिल दत्त अधिकारीले आफ्नो प्रतिबद्धता जाहेर गर्नु भएको छ।स्मरण रहोस रग्वि खेल अमेरिका , यूरोपका सवै देशहरू लगायत विश्वका अधिकांश मुलुकहरूले आज रग्वि खेलमा आकर्षण बढाई रहेका छन्।नेपालमा पन् त्यो आकर्षणले लय ल्नेमा सवैको विश्वास छ।