jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ  ।  

अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत हुन आग्रह गर्नुभयो  । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले उक्त चुनावमा बाँकस साटेर एमालेको उम्मेदवार हराइएको स्मरण गर्न कार्यकार्तालाई आग्रह गर्नुभयो ।

ओलीले एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको भन्दै आगामी चुनावबाट नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय