
झापाको दमक नगर पालिका वडा नम्बर १० मा शनिबार बाट जनश्रमदान अभियान शुरु गरिएको छ ।
दमक नगर पालिकाको प्राबिधिक सहयोग तथा १० नम्बर वडा कार्यालयको आयोजनामा श्रम दान अभियान शुरु भएको हो । सो अभियान को संयोजन दमक १० का युवहरुले गरेका छ्न । श्रमदान अभियान अन्तर्गत आज शनिवार सविक १९ नम्बर वडाको गाछी चोक पुर्व रतुवा खोलाको पश्चिम किनारमा प्रस्ताविक औद्योगिक करिडोर क्षेत्र्को खाली जमिनमा बास, बेल, जामुन प्र्जातिका करिव ३ सय बिरुवा रोपिएको छ ।
अभियानको दमक नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगीना भट्टराई प्रसाई र १० नम्बर वडा अध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बासका बिरुवा रोपेर थालनी गरिएको छ । स्थानीय युवाहरुको संयोजनमा शुरुभएको अभियान लाई हरेक हप्ताको शनिवार संचालन गरिने जनाईएको छ ।
श्रमदान अभियान अन्तर्गत १० नम्बर वडाका बिद्यालय, अस्पताल, धार्मिक तथा पर्यटकीय स्थलहरुका साथै नदि किनार लगाएतका सार्वजानिक स्थलहरुमा वृक्ष रोपण, सरसफाई लगाएका कार्यक्रम हरु संचालन गरिने भएको छ । युवाको योगदान श्रमदान भन्ने मुल अभिप्रायले शुरु भएको अभियानलाई हरेक हप्त्ताको शनिवार बिहान २ घन्टा सन्चालन गरिने छ ।
फजुल कार्यमा बेतित हुने समयलाई सदुपयोग गर्दै समाजमा युवाहरुलाई श्रमदानगर्न अभिप्रेरित गर्ने अभिप्रायले अभियानको थालनी गरिएको हो । स्थानीय क्षेत्रको बिकाशमा अर्काको मुख ताक्ने प्रचलन समाजमा ब्याप्त हुदैगैरहेको समयमा दमक १० का युवाहरुले शुरु गरेको श्रमदान अभियानको चौतर्फी तारिफ भएको छ ।