jQuery(document).ready(function($){ //
});

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन द्वारा दमक नगरपालिका मेयर आदरणीय राम थापा ज्यू लाई विद्यार्थी समस्यामा रहेको यातायात समस्यालाई लिएर विद्यार्थीको भविष्यका निम्ति ध्यानाकर्षण गराउँदै विगतका दिनमा गरिएको सहमतिहरु तत्काल कार्यान्वयन गर्न माग गरी विज्ञप्ति पेस गरिएको छ।



विज्ञप्तिको पुर्ण पाठ:

उपरोक्त सम्बन्धमा पुर्वकै गरिमा वोकेको यस दमक नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भोग्नु परेको यातायात समस्या प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन चिन्तित रहेको छ । विगत लामो समयदेखि विद्यार्थीहरुको हकअधिकार प्राप्तिका निम्ति रा. प्र. वि.सं सदैव अग्रणी भूमीकामा रहेको सर्वविधितै छ । विद्यार्थीहरुको यातायात समस्यालाई लिएर यातायात व्यवसायी र प्रहरी प्रशासन समक्ष पटक पटक छलफल गरी विभिन्न समयमा राज्य द्वारा प्रदान गरिएको यातायात सहुलियतको दुद्रता पूर्वक कार्यान्वयन गर्दै सहमति भएको भएता पनि कुनै पनि सम्बन्धित निकाएको गैरजिम्मेवारी साथै ध्यान आकर्षण नभएकाले विद्यार्थीहरुले अझैपनि यातायातको समस्या भोग्नु परिरहेको छ । यस समस्याले विद्याथीहरुको पठनपाठनमा समेत अवरोध भइरहेको कारण विद्यार्थीहरुको भविष्यका निमित्त विद्यार्थी समस्यालाई दमक नगरपालिकाको ध्यान आकर्षण गराउदछौ । तसर्थ विद्यार्थीहरुको सम्स्यालाई लिएर यस अघि भएका यातायात व्यवस्थापन समिती, ट्राफिक प्रहरी कार्यालय साथै अन्य निकायहरुसँग गरिएको सहमति तत्काल कार्यान्वयन गर्नका निमित्त साथै सहजीकरण गरिदिनुहुन यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय