
दमक,२२ भदौं । दमक जेसीजले दमक -९ स्थित सरस्वती माध्यमिक विद्यालयका दृष्ट्रिविहीन विद्यार्थीहरुलाई सहायता सामाग्रीहरु उपलव्ध गराएको छ ।दमक जेसीजको ४१ औं स्थापना दिवसका अवसर पारेर आज जेसीजले सामाजिक कार्य अन्तर्गत एक थान खाना पकाउने राइस कुकर,तातो तथा चिसो बनाउने जार एक थान, ,दुई वटा विरुवा ,विस्कुटहरु प्रदान गरिएको थियो ।
ती सहयता सामाग्रीहरु दमक जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई , नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश अधिकारी , पूर्व उपाध्यक्ष पदम कोइराला लगायतले विद्यालयका सहायक प्रधानाध्यापक भगीरथ मिश्रलाई हस्तान्तरण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए ।
दमक जेसीजका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक उपाध्यक्ष समीर दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख भट्टराई , विद्यालयका सहायक प्रअ मिश्र, रोटरी क्लव अफ दमकका अध्यक्ष पशुपति बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु गञ्ज बहादुर दाहाल, नेत्र चम्लागाई ,गोविन्दराज कटटेल, , चन्द्र खत्री, कमल कटुवाल , सरस्वती मावि शिक्षक अभिभावक संघका अध्यक्ष सोम तामाङ लगायत जेसीज सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
त्यस अवसरमा दमक जेसीजले स्थापना दिवसको केक समेत काटेर खुसीयाली मनाएको थियो ।