jQuery(document).ready(function($){ //
});

उर्लाबारी । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनाबी गठबन्धन भयो । मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभामा एमालेका घनश्याम खतिवडा, मोरङ क्षेत्र नं. १ (क) मा माओवादीका कुलप्रसाद साम्बा लिम्बू (कुशल) र मोरङ क्षेत्र नं. १(ख) मा उपेन्द्र घिमिरे उम्मेद्वार बन्नुभयो । र, तीनै जनाले सानदार मतका साथ विजयी हासिल बन्नुभयो । अहिले तीनै जना फरक पार्टीमा हुनुहुन्छ ।
खतिवडा एमालेमा हुनुहुन्छ भने लिम्बू माओवादी र घिमिरे नेकपा एकीकृत समाजवादीमा सक्रिय हुनुहुन्छ । २०७४ सालमा बाम गठबन्धन भयो भने यस पटक समिकरण फेरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन हुने पक्का छ । सोही गठबन्धनबाट मोरङ क्षेत्र नं. १ (क) मा कुलप्रसाद साम्बा लिम्बू (कुशल) उम्मेद्वार बन्दै हुनुहुन्छ । प्रदेश सांसद हुनसाथ साम्बाले जनताको सेवक भएर काम गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुसार लिम्बूले मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३, ६, ७, ८ र ९ गरी १५ वटा वडामा १ अर्ब २६ करोड भन्दा बढीको बजेट भित्र्याउन सफल बन्नुभयो । प्रदेश मन्त्रीको भन्दा सांसद लिम्बूले धेरै विकास निर्माणका काममा पहलकदमी लिनुभएको छ । संसदमा पनि उहाँ निकै सक्रिय रहनुभयो । जनताका जनजिविकाको सवालमा सधैं अग्रमोर्चामा रहेर संसदमा आवाज उठाउनुभएको छ । ४१ पटक भन्दा बढी उहाँले संसदमा सरोकारका विषयमा बोल्नुभएको छ । उहाँले पार्टीभन्दा माथि उठेर विकास निर्माणको काम गर्नुभएको कुरा अन्य पार्टीका नेता कार्यकर्ता पनि स्वीकार गर्दछन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहनुभएका लिम्बूले एमाले, कांग्रेस, एकीकृत समाजवादी, जसपा, राप्रपालगायत सबै दलका नेताहरुसँग नजिक रहेर काम गर्नुभएको छ । सामाजिक संघसंस्था, धार्मिक, पर्यटकीय, क्याम्पस, विद्यालय, स्वास्थ्य संस्थानलगायत हरेक क्षेत्रमा बजेट विनियोजन गर्न सफल बन्नुभएको छ ।
यी हुन् प्रदेश सांसद लिम्बूको पहलमा बनेका महत्वपूर्ण काम
मिक्लु खोलामा पुल प्रकरण निकै चर्चा थियो २०७४ सालमा । डिगबहादुर लिम्बुले २०७० सालको निर्वाचनमा उम्मेद्वार बन्दा पुल बनाउने घोषणा गरेको भएपनि सुरुवात नै नगरेको आरोप स्थानीयले लगाएका थिए । २०७४ सालको निर्वाचनमा यही मुद्दाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नुभएका डिगबहादुर लिम्बूलाई कमजोर बनाएको पनि भन्ने गरियो । अघिल्लो निर्वाचन जित्नु भएका लिम्बू २०७४ को निर्वाचनमा पराजित बन्नुभयो । २०७४ सालको निर्वाचनमा प्रदेश सांसदको उम्मेद्वार बन्नुभएका कुलप्रसाद साम्बा लिम्बूले आफ्नो कार्यकालमा पुल बनाएरै छाड्ने प्रण गर्नुभएको थियो । सोही प्रण सांसद साम्बाले पूरा गरिसक्नुभएको छ । प्रदेश सरकारले मिक्लु खोलामा पुल निर्माण सम्पन्न गरी उद्घाटन गरिसकेको छ । उर्लाबारी र मिक्लाजुङ जोड्ने यो महत्वपूर्ण पुल हो । उर्लाबारीको किशान चौक हुँदै रमिते जोड्ने सडक कालोपत्रेको काम समेत सांसद लिम्बूकै पहलमा अघि बढ्यो । मिक्लु खोलादेखि चौतारासम्म कालोपत्रे सडक पुगिसकेको छ भने रमितेतर्फ अघि बढिरहेको छ । सो सडक कालोपत्रे पूरा भइसकेपछि उर्लाबारी र मिक्लाजुङ बजार विस्तारमा सहयोग पुग्ने निश्चित छ । उर्लाबारीको किशान चौकदेखि मिक्लु खोलासम्म पूरानो कालोपत्रे थियो, त्यतिबेला । अहिले त्यो पनि काम नलाग्ने अवस्थामा पुगेको छ । यो पनि सडक कालोपत्रेका लागि सांसद लिम्बूले पहल थालिसक्नुभएको छ । अर्को महत्वपूर्ण सडकको उर्लाबारीको चिउरामिल–गाईघाट सडक । अहिले भोटेपुलसम्म सडक कालोपत्रे भइसकेको छ । प्रदेश सरकारको योजनामा चिउरामिलदेखि आम्बारीसम्म भएको थियो भने संघीय सरकारमार्फत भोटेपुलसम्म पुगेको छ । अब करिब ३ किलोमिटर सडक कालोपत्रे भए उर्लाबारी र रतुवामाईको सिमाना गाईघाटसम्म जोड्ने छ । त्यो सडक कालोपत्रेका लागि निरन्तर रुपमा लागि परेको सांसद लिम्बूले बताउनुभएको छ । यस्तै, मुख्यमन्त्री ग्रामीण सडक अन्तर्गत उर्लाबारीको आइतबारे चोक हुँदै झारसाँदी खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको छ । उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको छ । दुर्गापुरी–आम्बारी सडकको १२ सय मिटर सडक कालोपत्रे प्रदेश सरकारले गरेको छ भने बाँकी १२ सय मिटरका लागि पहल भइरहेको छ । सडक कालोपत्रे होस् वा ग्राभेलमा धेरै योजना प्रदेश सांसद साम्बाको पहलमा भित्रिएका छन् । त्यस्तै, प्रदेश सांसद साम्बाकै पहलमा इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन निर्माण प्रदेश सरकारले गरेको छ । सांसद साम्बाले स्कुलको भवन तथा विभिन्न प्राविधिक सशक्तीकरण, मन्दिर निर्माण तथा सामाजिक क्षेत्रमा बजेट विनियोजनमा भूमिका खेल्नुभएको छ । निरन्तर रुपमा क्षेत्रको विकासमा प्रदेश सांसद साम्बाले पु¥याएको योगदान महत्वपूर्ण छ । उहाँलाई यस क्षेत्रका जनताले विकासप्रेमी नेताको रुपमा चिन्ने गरेका छन् । उहाँले काम गर्न सक्ने उम्मेद्वारलाई फेरि पनि जनताले जिताउनेमा आशा ब्यक्त गर्नुभएको छ । प्रदेश सांसद साम्बाले भन्नुभयो–‘जनताको हली बनेर काम गर्न सक्ने जनप्रतिनिधिलाई जनताले चुन्नुहुन्छ भन्ने विश्वास छ ।’ आफुले प्रदेश सांसद हुँदा पदीय जिम्मेवारी बाहिर गएर कुनै काम नगरेको उहाँले दाबी गर्नुभयो । प्रदेश सांसद हुँदासमेत उहाँ आम सर्वसाधारण जस्तै सार्वजनिक बसको प्रयोग गरी आफ्नो निर्वाचन क्षेत्रमा खटिने गर्नुभएको छ ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO