जेरि पिक्चर्स र बि के एस प्रोडक्सनद्वारा निर्मित वेब सिरिज (CRIMINAL) चाडै बजारमा आउदै छ।
अपराधिक क्रियाकलापमा आधारित उक्त सिरिजको जम्मा ४ वटा एपिसोडहरु हुने छन् भने तिन वटा सिजन हुने छ ।
सो सिरिजको लेखन तथा निर्देशन बिकेश सापकोटाले गरेका हुन् भने प्रोडिउसर जेरि पिक्चर्स, सन्ध्या सिटौला र बि के एस प्रोडक्सन रहेको छ।
सिरिजमा कलाकारहरू बिकेश सापकोटा, शिबु ओझा, अंशु बजगाइ, मबिशा जोशी, गङ्गा बिष्ट, रुपक भट्टराई, मिलन कार्की, प्रेम यादव, सन्ध्या बिष्ट, अन्जना नेपाल, आर सि शर्मा र आकृति बजगाइ रहेका छन् ।
दमक ओरि परि छायांकन गरिएको सिरिज यहि असोज १ गते पारा ट्युब नामक युट्युब च्यानलमा सार्वजनिक गरिने छ ।