
भाद्र २७ सोमवार
मोरङको धनपालथान गाउपालिकाले आपनो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाएको छ । नेपाल सरकारले २०८७ साल सम्म सवै पालिकालाई पोषण मैत्री पालिका वनाउने लक्ष्य लिएको छ । सो लक्षय अनुसार नेपाली सरकारले विभिन्न पालिकामा कार्यक्रम संचालन गरिरहेको छ । धनपालथान गाउपालिकाले पनि कहिवर्ष भित्रै आफनो पालिकालाई पोषण मैत्री पालिका वनाउने प्रतिवद्धता जनाउदै तयारी शुरु गरेको छ ।
पालिकामा आयोजित वहुक्षेत्रिय पोषण सेवा विस्तार कार्यक्रम अन्तर्गत पोषण उन्मुख नमुना वस्तीको अवधारणा र पोषण मैत्री स्थानियतह घोषणा सम्वन्धि अभिमुखी करण कार्यक्रममा सो पालिकाले प्रतिचद्धता जनाएको हो
पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले पोषण मैत्री पालिका वनाउन सिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ लगायत समाजिक क्षेत्रमा पालिकाले उल्लेखनिय रुपमा काम गरिरहेको वताउदै आगामी दिनमा वर्डाहरुमा पोषणको अवस्था कस्तो छ र पोषणका लागी कस्तो लगानी गर्नुपर्छ त्यहि अनुसार पालिकाले थप कार्यक्रम संचालन गर्ने वताउनुभयो ।
निर्वाचन अघि जनता विचमा गएर स्वस्थ्य समाज स्वथ्य पालिका वनाउने घोषणा पत्रमा प्रतिवद्धता जाहेर गरेका थियौ अव त्यसरी जनताको घरघरमा गएर उनिरुका समस्या र स्वास्थ्य अवस्था वुझेर तथ्यांक संकलनगर्दै पोषण मैत्री पालिका वनाउने अभियानमा लाग्ने उहाको भनाई थियो ।
पालिकाका प्रमुख प्रसासकिय अधिकृत केशवकुमार ढकालले दक्ष र सक्षम जनशक्ति उत्तपादन नभएसम्म विकास संभव नहुने भएकालेपनि पोषण मैत्री पालिका आजको आवश्यकता भएको वताउनुभयो ।
आ–आफनो वर्डामा गएर पोषणको अवस्था कस्तो छ र त्यसलाई थप सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा डोर टु डोर तथ्यांक संकलन गनुपर्नेमा उहाले जोड दिनुभयो ।
पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले पोषण मैत्री पालिका घोषणाका लागी सातवटा क्षेत्रलाई समेटेर ७६ वटा सुचि तयारी पारिएको छ भन्नुहुदै कुन वर्डामा पोषणको अवस्था कस्तो छ र आगामी दिनमा थप के गर्नुपर्छ सो अनुसार पालिकाले कार्य योजना वनाउने वताउनुभयो ।
उहाले कम सुचाकं भएका वार्डालाई छनोट गरेर त्याहा पहिलो चरणमा पािलकाले अभियान संचालनगर्ने वताउनुभयो ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्नुहुदै प्रदेस न १ का वहुक्षेत्रिय पोषण कार्यक्रमका संयोजक संन्जिव लामा घिसीङले प्रदेस १ का १ सय ३७ वटै पालिकाले पोषणमैत्री पालिका वनाउन तयारी शुरु गरिएको वताउनुभयो । पोषण मैत्री स्थानिय शासन लागु गर्दै यो अभियानलाई प्रभावकारी रुपमा अघि वढाउदै लैजाने उहाको भनाई थियो ।
कार्यक्रममा मातृतथा वालपोषण परियोजनाको संयोजक अनुराग सिंह घिमिरेले पोषण मैत्री पालिका वनाउन मोरङका सातवाटा पालिकामा आफनो संस्थाले कामगर्दै आएको वताउनुभयो ।