
‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासाथ मनाउँदै गरिएको राष्ट्रिय बाल दिवस २०७९ का अवसरमा दमक नगरपालिकाको सहयोगमा नगर बाल सञ्जाल दमकद्वारा २ दिने बाल क्लव/सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यशाला कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा दमकका विभिन्न वडा बाल सञ्जाल तथा विद्यालयका बाल क्लबबाट करिब ७० जना बालबालिका सहभागीता रहेको थियो । कार्यशालामा सहभागीलाई बालअधिकार, बालमैत्री, बाल क्लवको संरचना, बाल क्लवको कार्यक्षेत्र, निवेदन, माइन्युट, प्रस्तावना, प्रतिवेदन लेखन जस्ता विषयमा सामान्य प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यशालाको समापन कार्यक्रममा दमक नगरपालिकाका उप-प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यमा रहेको थियो, त्यस्तै वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, सामाजिक विकास शाखा प्रमुख केशब प्रसाद प्रसाई, प्रशासकीय अधिकृत भुवन दाहाल, नगर स्काउट समितिका सदस्य डेलिना लोहार लगायतको सहभागिता रहेको थियो ।