आज नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको लन्च गर्दै छ । आज सफ्ट लन्च गरेपनि पूर्णरुपमा कार्यान्वयनमा आउन भने अझै समय लाग्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि भदौपछि नेपाल भित्रने मोबाइल दर्ता हुनै पर्ने प्राधिकरणले जनाएको छ । अब विदेशबाट ल्याएको मोबाइल दर्ता गराएर मात्रै चलाउन पाउने व्यवस्था हुने भएको छ । भदौ अघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु पर्ने छैन । भदौपछि पनि गैरकानुनी तरिकाले विदेशबाट ल्याएको तथा भन्सार छलि गरेर ल्याएको मोबाइल ब्लक हुने छन ।
अबैध मोबाइल रोक्ने प्रमुख अस्त्रको रुपमा लिइएको एमडिएमएस आज देखि नै कार्यान्वयनमा आउने छ ।