jQuery(document).ready(function($){ //
});

उर्लाबारी ।   प्रहरीकै सेटिङमा भारतबाट दक्षिणी मोरङको नाका हुँदै चिनी तस्करी हुने गरेको पाइएको छ ।
तस्करी गरिएको चिनी उर्लाबारीलगायतका बजारमा पु¥याउने गरेको भएपनि प्रहरी भने बेखबर देखिएको हो ।

उर्लाबारी–सिजुवा सडक खण्डमा सञ्चालन हुने यात्रुबहाक बसले तस्करीको चिनी बोक्ने गरेका छन् । उर्लाबारी–५ को हाम्रो साकोस अगाडिको घरमा तस्करी गरी ल्याएको चिनी राख्ने गरिएको छ । त्यसपछि त्यो चिनी बजारमा बिक्री गर्ने गरिएको जानकार स्रोत बताउँछ । अटोमार्फत तस्करीको चिनी बिक्रीका लागि लैजाने गरिएको छ । शुक्रबार को १ ख ३४९४ नम्बरको यात्रुबहाक बसमार्फत सोही स्थानमा तस्करीको चिनी झाँर्दै गरेको उर्लाबारी प्रहरीलाई जानकारी गराएपनि खासै चासो नलिएको स्थानीय बताउँछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दैनिक रुमपा तस्करी गरिएको चिनी यात्रुबहाक बसमार्फत सो स्थानमा ल्याउने गरेको उनीहरुको भनाई छ । चिनी तस्करीका बारेमा स्थानीय समेत खुलेर बोल्न चाहँदैनन् । तस्करको रुटमा पर्ने प्रहरी कार्यालयहरुमा मासिक रकम बुझाएर चिनी भित्र्याउने गरेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय