jQuery(document).ready(function($){ //
});

एसियन लाईफ इन्स्योरेन्स क.लि बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ / बुढीगंगा – ०४, मोरंग बस्ने श्रीमती सुशिला कुमारी खवासको श्रीमान एबम यस कम्पनीका बिमित शंकर चौधरी खवासको मिति २०७८/०८/१८ गते कोभिड-१९ को कारण उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती सुशिला कुमारी खवासलाई मिति २०७९/०५/२७ गते कार्यालयमा एक कार्यक्रम आयोजना गरि रु १५९५२४० (अक्षरुपी पन्ध्र लाख पन्चानब्बे हजार दुई सय चालिस मात्र )/- रकमको चेक बिराटनगर शाखाका शाखा प्रबन्धक श्री सरोज भण्डारीद्वारा हस्तान्तरण गर्नु भएको हो / मृतकको २ वर्ष अगाडी साबधिक जिबन बिमा योजनामा १५००००० /- (पन्ध्र लाख) को बिमा , बार्षिक रु १०६२६८ /- जम्मा गर्ने गरि २ किस्ता कुल रु २१२५३६ /- यस कम्पनीमा जम्मा गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक श्री सरोज भण्डारीले बिमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानव जिवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बिमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित महानुभाबहरुलाई बिमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय