jQuery(document).ready(function($){ //
});

इलाम, ७ असोजः स्थानीय गुण्डा नाईके एलबी भनिने लालबहादुर गुरुङको हत्या भएको छ । हत्यामा सम्लग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा गएको टोलीले ती नौ जनालाई पक्राउ गरेको हो । इलामको चुलाचुली गाउँपालिका पुकुवामा बेलडागी शिविर बस्ने मृतक एलबी भर्खरै जेलबाट छुटेर आएका थिए । स्थानीयलाई अत्यन्तै दुख दिदै आएका एलबीको हत्या भएपछि गाउले खुसी भएको स्थानीयले बताएका छन् ।
एक स्थानीयलाई कुटपिट गरेर उनको साथमा भएको २ हजार रुपैया खोसेर एलबी हिडेका थिए । सोहि निहुमा पीडिका दाजु र गाउलेहरुले झापा र इलामको सीमानजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि खुकुरी, ढुंगा प्रहार गरेका थिए। गुरुङको खुट्टा र हातमा खुकुरी प्रहारको गहिरो चोट लागेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय