jQuery(document).ready(function($){ //
});

प्रत्येक वर्ष झैं यसवर्ष पनि जरोकिलो महाअभियानले आश्विन शुक्ल प्रतिपदा ( दशैँको घटस्थापनाका दिन ) सङ्कल्प दिवस सत्सङ्ग सम्पन्न गरेको छ । यस वर्षको सङ्कल्प दिवसको मूल समारोह काठमाण्डौमा र अन्य समारोहहरू देश र विदेशका विभिन्न भागहरूमा सम्पन्न भएका छन् । सङ्कल्प दिवसको अवसर पारेर मौलिक जरोकिलो पार्टीले राष्ट्रव्यापी जागरणका लागि राष्ट्रोदय सभा सत्सङ्ग पनि शुभारम्भ गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसैक्रममा प्रदेश १ मा जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था मौलिक जरोकिलो पार्टीको आयोजनामा झापाको बिर्तामोडमा झापा जिल्ला अध्यक्ष दिपेन्द्र घिमिरेको अध्यक्षता र प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीको प्रमुख उपस्थितिमा सङ्कल्प दिवस सत्सङ्ग सम्पन्न गरिएको छ । उक्त सङ्कल्प दिवसको अवसरमा दुर्गा मन्दिर परिसर र मुक्तिचोकको आसपास सफाई अभियान सञ्चालन गर्दै जरोकिलो अभियानकर्ताहरूले जरोकिलो महाअभियानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्य हासिल गर्न दृढ सङ्कल्पित हुने वचनवद्धता प्रकट गर्नु भएको थियो । सो सत्सङ्गमा केन्द्रीय समितिबाट सचिव अनिल कुमार चौधरी , उपकोषाध्यक्ष नम्रता उप्रेती र केन्द्रीय सदस्य रोमादेवी निरौलाको गरिमामय उपस्थिति रहेको थियो । आजको सङ्कल्प दिवसमा प्रत्यक्ष उपस्थित भएर अर्जुन कुमार भट्टराई, राजकुमार दाहाल, उमाकान्त सिटौला, प्रज्वल अधिकारी, बलबहादुर श्रेष्ठ,देवी प्रसाद आचार्य, अग्नि दाहाल,प्रल्हाद भट्टराई, रमेश घिमिरे, यशोदा घिमिरे, विद्या खरेल, अनुषा भट्टराई, मेघराज कार्की, संगिता कार्की, चन्द्रकला भट्टराई, दुर्गादेवी बाराकोटी, बाबुराम कार्की, गंगा प्रसाद दाहाल लगायतका जरोकिलो अभियानकर्ताहरूले सामूहिक सङ्कल्प गर्नु भएको थियो ।

युगद्रष्टा गुरु डा• निर्मलमणि अधिकारीले सपत्नीक २०७२ साल दशैँको घटस्थापनाका दिन नेपाललाई मौलिक दर्शन र सिद्धान्तको आधारमा विश्वको केन्द्र बनाउँदै वैज्ञानिक सत्ययुग स्थापनाको लक्ष्यसहित जरोकिलो महाअभियानको सङ्कल्प गर्नु भएको थियो । नेपाल लगायत विश्वमा देखा परेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका तमाम समस्याहरूलाई जरोकिलो दृष्टिकोणबाट समाधान गर्नु पर्दछ भन्ने जरोकिलो महाअभियानको दृष्टिकोण र कार्यपद्धति रहेको छ ।

युगद्रष्टा गुरुले जरोकिलो पद्धति अपनाएर सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टय जस्ता मौलिक दर्शन र सिद्धान्तको अभिनिर्माण गर्नु भएको छ जसको मूल श्रोत हाम्रा मौलिक वैदिक सनातन हिन्दू, बौद्ध, किरात, बोन, जैन आदिका दर्शन र ग्रन्थहरू रहेका छन् ।

युगद्रष्टाबाट अभिनिर्मित मौलिक दर्शन र सिद्धान्तलाई मार्गनिर्देशक मानेर राष्ट्रका हरेक आयाममा मौलिक दर्शन, सिद्धान्त, वाद, मताग्रह, पद्धति, प्रणाली, प्रतिमान स्थापना गर्दै नेपाललाई विश्वको केन्द्र बनाउने उद्देश्यसहित राजनीतिक क्षेत्रमा कार्य गर्न जरोकिलो महाअभियानको विशिष्टीकृत संस्थाको रूपमा २०७६ सालमा मौलिक जरोकिलो पार्टीको स्थापना भएको हो ।

अब विश्वको नेत्तृत्व नेपालले गर्नु पर्दछ र सोही बमोजिमको तयारी र आचरण हामीले अपनाउनु पर्दछ भन्ने सन्देश र मार्गनिर्देशन गर्नु हुने युगद्रष्टा गुरुको सपनालाई प्रत्येक नेपालीले आफ्नो सपना बनाएर राष्ट्रोदयको क्रान्तिमा समर्पित रहन समेत उक्त सत्सङ्गमा वक्ताहरूले सबैलाई आह्वान गर्नु भएको थियो ।

विदेशी अर्थात पराई श्रोतका दर्शन र सिद्धान्तहरूले नेपाल लगायत विश्वलाई नै सङ्कटावस्थामा पुर्याएको जटिल परिस्थितिबाट मुक्त रहन चाहाने हरेक नेपालीको साझा घर हो जरोकिलो महाअभियान । हिमवत्वखण्डको पुनर्जागरण गर्दै विश्वलाई नै सनातन सभ्यताको आधारमा सञ्चालन गर्ने अवस्था सृजना गर्ने परिस्थितिको निर्माण गर्न कर्मरत रहनु प्रत्येक नेपालीको कर्तव्य रहेको तथ्यलाई सबैले मनन गर्न जरूरी छ भन्ने सन्देश उक्त कार्यक्रमले दिएको छ ।

सङ्कल्प दिवसको महत्वपूर्ण क्षणमा उपस्थित भएर युगप्रवर्तन र पुनर्जागरणको यात्रामा समर्पित रहने सम्पूर्ण सहृदयीजनहरुलाई हार्दिक आभार व्यक्त गर्दै सत्सङ्ग समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय