jQuery(document).ready(function($){ //
});


किसाेर निराैला
मधुमल्ला÷ गत असोज १ गते बिधुत सट भई आगलागीमा परेको मोरङको मिक्लाजुङ गाउँपालिका वडा न. ९ को बादल बर्षा ग्यारेजको आफ्नै जमिनमा घर निमार्ण सिलन्यास गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच बादल बर्षा ग्यारेज घर निर्माणको काम सहयोगी मनका धनी युवा व्यवसायी शंकर बजगाईले गर्नु भएको छ । बिपत्तमा परेको बेला सेवा गर्नु मानविय दायित्व भएको र यस कार्यमा युवा अगाडि आएर सहयोग गर्नु राम्रो काम भएको मिक्लाजुङ गाउँपालिकाका पुर्व अध्यक्ष देवी प्रसाद आचार्यले बताउनु भयो । शंकरले गरेको कार्यबाट अरुले पनी पाठ सिक्न आवस्यक रहेको आचार्यले बतानु भयो । यस्तै मिक्लाजुङका समाजसेवी बुद्धीजिबी डिल्ली प्रसाद खतिवडाले बास्तबमै युवाहरुको माझमा शंकरले चालेको कदम राम्रो भएको र यस्ता कार्यहरुमा युवा पुस्ता सक्रिय भएर लाग्नु आवस्यकता रहेके खतिवडाले बताउनु भयो ।
शिलन्यास कार्यक्रममा राष्ट्रिय युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खख्बुले शंकर बजगाई युवा भईकन पनी सहयोगी भावनाका धनी भएको र मिक्लाजुङका धेरै कार्यहरुमा दिल खोलेर सहयोग गर्ने गरेको बताउँदै युवा पुस्ताले शंकर बाट सिक्न जरुरी रहेको बताए । साथै सहयोग गर्न कुनै पद र पावरमै रहनु पर्छ भन्ने छैन कुनै पदमा नरहेर पनी सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको खम्बुले बताउनु भयो ।
भवन निर्माण हुने भएपछी बादल बर्षा ग्योजका सञ्चालक रजीब शाहलाई पनी अब पुन व्यसायमा फर्कन सक्ने आसा पलाएको सञ्चालक राजीब शाहाले बताउनु भयो । शिलन्यास कार्यक्रममा मिक्लाजुङका सामाजिक अभियान्ता छत्र डाँगी लगायत स्थानीहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय