jQuery(document).ready(function($){ //
});

विवेकशील साझाले पूर्व-अध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको छ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यस सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

यस्तै उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर समेत हुने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय