jQuery(document).ready(function($){ //
});

पोखराबाट झापाका लागि छुटेको कार सोमबार बिहान सवा ७ बजेतिर नारायणगढ-मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका-२९ सत्रकिलोबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । बेपत्ता बा१०च ४५५४ नम्बरको कारमा रहेका दुई जना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार कार अनियन्त्रित भएर नदीमा खसेको हो । कार झापा जिल्ला दमक नगरपालिका-३ का ५२ वर्षीय लिला भट्टराईले चलाएका थिए । कारमा उनीसँगै उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल पनि थिइन् ।दुवै जना सामान्य घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । कारको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय