jQuery(document).ready(function($){ //
});

मौलिक जरोकिलो पार्टीले योग प्रशिक्षक रोमादेवी निरौलालाई प्रदेश नं. १ को मुख्यमन्त्रीका रूपमा प्रस्तावित गरेको छ । आज सम्पन्न उम्मेदवार घोषणा कार्यक्रम उक्त निर्णय सार्वजनिक गरिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

झापा बिर्तामोड निवासी निरौला शिक्षित, प्रशिक्षित र दीक्षित व्यक्तित्व भएको बताईएको छ । निरौलाले झापा जिल्ला निर्वाचन क्षेत्र नं २[१] बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्नेछिन् । पार्टीको केन्द्रीय समिति सदस्य रहेकी निरौला मौलिकताको पक्षमा प्रखर रूपमा लागेकी नेताको रूपमा लिने गरिन्छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै १ नं प्रदेश अध्यक्ष इन्द्र प्रसाद ओलीले मौलिक जरोकिलो पार्टी मात्रै वास्तविक महिलामैत्री पार्टी रहेको कुरा बताए । अन्य पार्टीहरूले कोटा पुर्याउन मात्रै महिलालाई अघि सार्ने गरेको तर मौलिक जरोकिलो पार्टी मातृशक्तिको सम्मान गर्ने शक्ति रहेको कुरा बताए । सम्बोधनको क्रममा उनले भने – नेपालको संविधानमा सिधै मुख्यमन्त्री निर्वाचित हुने प्रावधान नरहेता पनि आफ्नो पार्टीले संविधान पुनर्लेखन गरेपछि यस किसिमको व्यवस्था हुनेछ भनेर व्यवाहारिक रूपमै अभ्यासमा ल्याएका छौं। ‘त्यसैले मौलिक जरोकिलो पार्टीको मौलिक विचारधारालाई स्थापित गर्न चाहनुहुन्छ भने कम्प्युटर चुनावचिह्नमा मत दिएर राष्ट्रोदयको गौरवमय क्रान्ति सफल पार्न सम्पूर्ण नेपालीलाई आह्वान गर्दछु ।

मौलिक जरोकिलो पार्टीले भावी प्रधानमन्त्रीको रूपमा भक्तपुरका वरिष्ठ उपाध्यक्ष बलराम प्रजापतिलाई प्रस्ताव गरिसकेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सावित्री गिरीलाई प्रस्ताव गरेर निर्वाचनमा होमिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय