
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा थापाको मृत्यु भएको हो ।
ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो ।चिकित्सकले उपचारको क्रममा १२ बजेर ४५ मिनेटमा उनलाई मृत घोषित गरेका हुन् ।