एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनाव केन्द्रित लाईभ बहसमा आउन चुनौती दिएका छन् ।
ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत धेरैले प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन भनिरहेको भन्दै त्यसका लागि आफू तयार रहेको बताएका छन् । उनले देउवा त्यसकालागि तयार हो वा होइन भन्दै प्रश्न गरेका छन् ।






