jQuery(document).ready(function($){ //
});


मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको अपांग संघले पवन खतिवडा (म्याकुरि) बिरुद्ध मुद्धा दर्ता गरेको छ । शुक्रबार द पिके भाइन्स युटुव च्यानल मार्फत प्रसारण भएको एक भिडियो सामाग्रीको संबादमा अपांगता भएका ब्यत्तिमाथि अपमानजनक सब्द प्रयोग भएको भन्दै मुद्धा दर्ता गरेको हो ।
राष्ट्रिय स्तरका कलाकारबाट अपांगता भएका ब्यत्तिहरुलाइ प्रयोग गरिनु पर्ने भाषाको उचित प्रयोग नभएको साथै उत्त दृष्यमा देखाउन खोजीएको अभिनयले यस्ता ब्यत्तिलाइ थप अपमान गरेको भन्दै सामुदायिक ग्रामिण अपांग उत्थान संघ केन्द्रिय कार्यलय मधुमल्लाका अध्यक्ष खगेन्द्र चौहानले मुद्ध दर्ता गरेको बताएका छन ।
भिडियोमा प्रयोग भएको बहिरा ब्यत्ति लक्क्षित अपमानजनक सब्द हटाउनु पर्ने तथा आगामि दिनमा यस्ता सब्दको प्रयोगमा बिसेस ख्याल गर्नु पर्ने माग चौहानको रहेको छ । अपांगताको क्षेत्रमा सक्रिय चौहान हाल मिक्लाजुङ मोरङका सक्रिय पत्रकार समेत हुन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय