
झापाको दमक १० स्थित इद्रेणी तालमा सन्चालन हुन लागेको खुल्ला इन्द्रेणी एडभेन्चर तिहार फेस्ट २०७९ को आज आईतबारबाट बिधिवत रुपमा उद्धघाट गरिएको छ ।

आयोजक इन्द्रेणी ताल संरक्षण समितिको आयोजनामा सन्चालन हुन गोइरहेको सो प्रतियोगिताको डायनामिक पब्लिक लाईब्रेरी दमकका अध्यक्ष तथा साससिक ब्याक्तित्व भेसराज न्यौपानेले एक कार्यक्रमका बिच उद्ध्घाटन गर्नुगर्नु भयो ।

पर्यटनको प्रबर्धन गरौ स्थानीय स्तरमा स्वरोजगार बनौ भन्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिताको उद्धघाटन कार्यक्रममा दमक १० वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको बिशेश उपस्थिती रहेको थियो । कार्यक्रमा दामक १० का पुर्व वडा अध्यक्ष बोधराज न्यौपाने, सामाजिक ब्याक्तित्व अम्बिका प्रसाद खनाल, दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रतियोगिताको सफलता को शुभकाना ब्यक्त गरे ।

यसै गरि सो प्रतियोगितामा संचालन हुन लागेका प्बिभिन्न खेलको सुनम ईङनाम,हेमन्त गोले र निङग्वा राईले खेलको नमुना प्रदर्शन गरेका थिए ।

प्रतियोगीता अन्तरगत बानाना ट्री रन,मङकी वाक, जिप लाइन लगायतका अन्य साहसिक तथा मनोरन्जननात्मक खेलहरु पनि सन्चालन गरिने आयोजक सस्था अध्यक्ष गोपाल राईले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन आज गरिएको भएपनी प्रतियोगितात्मक खेलहरु भने आगामी मसिर १० गते १४ गते सम्म सन्चालन गरिने आयोजकले जनाएको छ ।

यस अघि सम्म प्रतियोगितामा खेलाइने अध्यासका खेलहरु सन्चालन गरिने आयोजक इन्द्रेणी ताल संरक्षण समितिका सदस्य बिनोद न्यौपानेले जानकारी दिए ।