
२०७९ सालको बडा दशै, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा कमल गाउँपालिका वडा नम्बर १ को आर्थिक लगानीमा आरम्भ युथ क्लबद्वारा आयोजित पहिलो टोल स्तरिय फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ। तीन दिन चलेको सो खेलको बिजेता सरङ्पाडा टोल बिकाश समिती बनेर पुरस्कार स्वरुप नगद पन्ध्र हजार साथै ट्रफी हात पारेको छ। रतम चौन टोल बिकास समिती विरुद्ध सरङ्पाडा टोल बिकाश समिती बिच भएको फाइनल खेल १-० मा टुंगिएको थियो। सो खेलमा कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवाल, नरेन्द्र जनता मा. वि. का प्रधानाध्यापक बद्री कार्की लगायत दिग्गज स्थानिय समाजसेवी ब्यक्तित्वहरुको उपस्थित रहेको थियो। बिजेता र उपबिजेता सगसगै फाइनल खेलका म्यान अफ द म्याच , प्रतियोगिताका बेस्ट स्कोरर,बेस्ट डिफेन्डर र बेस्ट गोलकिपर पनि पुरस्कृत भएका थिए ।
