विराटनगर जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ। साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै बिशिस्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी सुनिल तिमल्सिनाले विराटनगर जेसीजको सप्ताह सधै उत्कृष्ट रहि राम्रा कार्य गरेकाले आफुले पाएको र सम्मानित ब्यक्तित्वहरुलाई समेत बधाइ दिएका थिए । विराटनगर जेसीजका लागि निरुपित उपाध्यक्ष जेसी राजिब प्रसाईंले विराटनगर जेसीजका सबै कार्यक्रम उत्कृष्ट रहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै अघि बढ्ने शुभकामना दिएका थिए। साता ब्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा माया सहितको रासन स्टेशनरी तथा ब्याग बितरण कार्यक्रम सयोजक प्रतीक्षा न्यौपाने उत्कृष्ट कार्यक्रम सयोजकका रुपमा निमा अवार्ड बाट पुरस्कृत समेत भएकी थिइन् ।

त्यस्तै उत्कृष्ट टिमकार्यका लागि कबिराज दाहाल, अमित अग्रवाल र कार्यक्रम सयोजक मनोज तिवारी पुरस्कृत भएका थिए । कार्यक्रममा विभिन्न संद्य सँस्थाका प्रतिनिधि , विभिन्न शाखाका शाखा अध्यक्ष लगायतका टिम , कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न ब्यक्ती तथा सँस्थाको उपस्थिति रहेको विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।जेसीज सप्ताह सम्पन्न भएको हो । समापनमा समाजमा महत्त्वपुर्ण भुमिका निर्वाह गरेका दुई युवालाई सम्मानित समेत गरिएको छ । उधोग कलकारखानाका माध्यमबाट विराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्य मशिलतालाई प्रवध्र्दन गर्दै युवाहरुलाइ आफै ब्यबसायी बन्ने बाटोमा हिँडाउन गरेको प्रयासको सरहाना गर्दै विराटनगर जेसीजले युवा उधमी सुयस प्याकुरेललाई कार्यक्रममा जेसीज सम्मानद्वारा सम्मानित गरेको हो ।

कार्यक्रमका मुख्य कार्यक्रम संयोजक अभिनास थापाले कार्यक्रममा साथ दिने सातै जना सयोजक , प्रायोजकहरुलाइलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोग रहने बिश्वास ब्यक्तगरेका थिए । कार्यक्रम संयोजक रन्जन कुमार शाहीले जेसीजको यस कार्यमा सबैबाट प्राप्त माया र साथ प्रती आभार ब्यक्त गर्दै आगामी दिनमा समेत जेसीज समाज सँग जोडिने किसिमले काम गर्ने बताए । कार्यक्रम होटल मनास्लु इन मा सम्पन्न भएको थियो ।
बिशिस्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी सुनिल तिमल्सिनाले विराटनगर जेसीजको सप्ताह सधै उत्कृष्ट रहि राम्रा कार्य गरेकाले आफुले पाएको र सम्मानित ब्यक्तित्वहरुलाई समेत बधाइ दिएका थिए । विराटनगर जेसीजका लागि निरुपित उपाध्यक्ष जेसी राजिब प्रसाईंले विराटनगर जेसीजका सबै कार्यक्रम उत्कृष्ट रहेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै अघि बढ्ने शुभकामना दिएका थिए। साता ब्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा माया सहितको रासन स्टेशनरी तथा ब्याग बितरण कार्यक्रम सयोजक प्रतीक्षा न्यौपाने उत्कृष्ट कार्यक्रम सयोजकका रुपमा निमा अवार्ड बाट पुरस्कृत समेत भएकी थिइन् ।
त्यस्तै उत्कृष्ट टिमकार्यका लागि कबिराज दाहाल, अमित अग्रवाल र कार्यक्रम सयोजक मनोज तिवारी पुरस्कृत भएका थिए । कार्यक्रममा विभिन्न संद्य सँस्थाका प्रतिनिधि , विभिन्न शाखाका शाखा अध्यक्ष लगायतका टिम , कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न ब्यक्ती तथा सँस्थाको उपस्थिति रहेको विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।






