jQuery(document).ready(function($){ //
});

नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उहाँसहित १०१ जनालाई एमालेमा स्वागत गर्नुभयो ।  

दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लाग्नुभएको थियो । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो विधि र पद्धतिमा चल्ने पार्टी अर्को नभएको बताउनुभएको छ ।  

एमालेमा केही असहमति राखेर आफूहरू बाहिरिएको तर एमाले जत्तिको कार्यकर्ता परिचालन हुने, अनुशासनमा बस्ने र विधिमा चल्ने अर्को पार्टी रहेनछ भन्ने निष्कर्षका साथ पुनः एमालेमै फर्किएको प्रसाईंले वताउनुभयो ।  प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय