इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा तिहारको पर्वको लाग्ने गरेको मेलामा भाइ टिकाको रातमा चाड पर्व र धर्म सान्स्कृतिको नममा आरकेस्ट्रा कार्यक्रमको नममा अश्लीलता नचाएर समाजमा विकृति फैलाएका छन।
अकाहामा लाग्ने तिहार मेलाका आयोजक समितिले इटहरी बाट तेस्रो लिङ्गहरु लाई ल्याएर नचाएर समाजमा विकृति फैलाएको हो।
धर्म संस्कृति तथा चाड पर्व लाई जोगाउनु हामी सबैको कर्तव्य हो । तर भोक्राहा अकाहा बाजरमा भाइ टिकाको रातमा तेस्रो लिङ्गीहरुलाइ भाडामा ल्याएर नाचाएर धर्म संस्कृत तथा चाड पर्वको नाममा समाजमा विकृती फैलाएका छन। यस्तो विकृतिले समाजमा विद्यार्थि तथा बालबालिकाहरुमामा विषेश नकारात्मक प्रभाव पर्ने गरेको स्थानीयहरुले बताएका हुन ।
सुनसरी जिल्ला प्रशासनले अश्लीलता खालको नाच, न नचाउनका लागि रोक लगाएता पनि नियम अटेर गरिको पाइएको छ ।
समाजमा छोप्नु पर्ने अङ्ग आर्केस्ट्रामा अश्लीलता भोजपुरि गितमा गोप्य अङ्गको समेत प्रदर्शन देखाएका थिए ।
भाइ टिकाको रातमा विभिन्न जिल्ला अर्थात गाउँ ठाउँको मानिसहरु पाहुनाले समेत यस्तो खाले अस्लिल्ता गाउँ समाजमा नचाउनु हुँदैन समेत आयोजक लाई आग्रह गरेपछी केही बेरमा कार्यक्रम बन्द गरिएको थियो ।
यस्ता खालको विकृतिले समाजमा एउटा ठुलो दाग नै लागने गरेको स्थानीय गाउँ समाजका बुद्धिजीवीहरुले बताएका ।
स्थानीय प्रहरी प्रशासनले यो विषयमा कुनै पनि चासो नदेखाएको अर्थात स्थानीय प्रहरी प्रशासनकै मलोमितोमा अश्लीलता कार्यक्रम भएको स्थानीयहरुले बताएका छन। मेला तथा चाड पर्वको नाममा गाउँ समाजमा यसरी अश्लीलता नचाउने गाउने विकृति फैलाउनेहरु लाई गाउँ समाजका बुद्धिजीवीहरुले आयोजक लाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी सङ्ग माग गरेका छन।






