jQuery(document).ready(function($){ //
});

दमक।। दमक ३ स्थित ढुकुरपानीमा आज दिउँसो २ बजे सिलिन्डर पड्केर दुर्घटना भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको पाइएको छ।

उक्त घरको एउटा कोठाको स्थिति नाजुक, पर्खाल पुर्ण रुपमा क्षति ग्रस्त साथै नगद लगभग ६० हजार जति पुर्ण रुपमा जलेको हो।

टिनको छानो भएको घर भएकोले एउटा कोठा पुर्ण रूपमा क्षति ग्रस्त भएको पाइएको छ ।

उक्त दुर्घटनामा विधुत पनि सर्ट भएको अवस्था रहेको छ।

लत्ताकपडा, सिलिन्डर ग्यास, काडको दराज, खाट, ढोका, दुई थान मोबाइल फोन, सबै नष्ट भएको छ।

समग्र घरको अवस्था हेर्दा अन्य कोठाहरुमा पनि क्षति भएको जस्तै सिसाहरु फुटेको( झ्याल तथा दराज), सम्पुर्ण वाइरिङ्ग नष्ट, फेन सर्ट भएको हो।

६ जना बसोबास गर्ने परिवारमा वुवाले ग्यास बाल्ने क्रममा आक्स्मिक सिलिन्डरमा आगलागि भएर पड्किन गएको हो।

लगभग घरको क्षति आकलन गर्दा घरमुलि खेमराज रिमालले ३ लाख भन्दा बढीको क्षति भएको दमक अन्लाईनलाई बताउनु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय