jQuery(document).ready(function($){ //
});


मिति २०७९।०७।१३ गते अन्दाजी २२:२५ बजे जिल्ला झापा दमक नगरपालिका वडा नं.-१० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाईते बनाई स्थानिय गोदावरी अस्पताल उर्लाबारीमा उपचार पश्चात वि.एण्ड.सि.अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मिति २०७९।०७।१४ गते बिहान ०४:५० बजे मृत्यू भएको घटनामा संलग्न निम्न ५ जना ब्यक्तिहरूलाई अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
निम्न :-
पक्राउ ब्यक्तिहरू:
१) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत
२) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने सन्देश खवास
३) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-७ तरूण चौक बस्ने सपन खत्री
४) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ पानी ट्यांकी बस्ने मन्जिल माझी
५) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ वानडाँडा बस्ने विकास तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय