jQuery(document).ready(function($){ //
});

एसियन लाईफ इन्स्योरेन्स कलि दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ।

हनुमाननगर -११, सप्तरी बस्ने श्रीमती पानो देवि रामको श्रीमान एबम यस कम्पनीका विमित नगेश्वोर राम को मिति २०७९-०४ -०७ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती पानो देवि रामलाई मिति २०७९/०७/२३ गते कार्यालयमा एक कार्यक्रम आयोजना गरि रु ३६३४८९/- (अक्षरुपी तीन लाख त्रिसठ्ठी हजार चार सय उनान्नब्बे रुपैया मात्र) रकमको चेक दमक शाखाका शाखा प्रबन्धक श्री शान्तिराम निरौलाद्वारा हस्तान्तरण भएको छ । विगत १९ वर्ष देखि दमक चौकमा मोचीकार्य गर्दै आएका बर्ष ५३ का नागेश्वर रामको दैनिक रु. ६८/- को बचतले यस कम्पनीमा सुखी जिवन सावधिक र आजीवन विमा योजनामा बिमाङ्ग २७४०००/- को विमा गर्नु भएको थियो।

साथै उक्त कार्यक्रममा शाखाका Business Manager श्री भगीमान लिम्बू ले बिमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानव जिवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविस्य निश्चित गर्नको लागि बिमा अतिनै आवश्यक रहेको, विमितहरुले छिटो छरितो र सरल तरिकाले मृत्यु दाबी भुक्तानी पाउने गरेको र बिमा भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई बिमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा छोरा रामानन्द रामले बाबुको बचत गर्ने बानीले आज परिवारलाई आर्थिक मलम पट्टी भएको महसुस भएको र कम्पनी छिटो छरीतो र सहयोगी ब्यबहारले गर्दा आफुमा पनि बिमा गर्न चाहना भएको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय