नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ सम्म एमालेको बहुमतको सरकार बन्ने बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान पश्चात पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी समेत गर्नुभयो।
अध्यक्ष ओलीले मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताउनु भयो । उहाँले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताउनु भयो ।
अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत हुनुहुन्छ ।






