मधुमल्ला÷ पुर्वी मोरङ बाट सुर्यदोयको दृष्यावलोक गर्न सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर नेपालमा सुर्योदोय हुने स्थानको रुपले परिचत इलामको अन्तु बाट जस्तै सुर्यदोय हेर्न सकिन्छ । त्यो ठाउँ हो मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा रहेको बतासे डाँडा जहाँ बाट सुर्यदोयको दृष्यावलोकन राम्रो संग गर्न सकिन्छ ।
मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजारबाट करिब २२ किमीको दुरीमा रहेको उत्त स्थान हाल झुल्के घाम हेर्ने ठाउँको नामले परिचित छ । समुद्री सतहबाट करिब १२०० मीटरको उचाईमा रहेको उक्त स्थानमा हरेक बर्ष मंशिरको १४ र १५ गते मेला लाग्ने गर्छ । १४ गते साँझ बाट मेला सुरु भई १५ गते बिहान झुल्के घाम हेदैं मेला समापन हुने मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राईले बताउनु भयो ।
हेर्नुहोस सुर्योदयको Live भिडियो:
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline