jQuery(document).ready(function($){ //
});

मोरङ क्षेत्र नं. १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मत अन्तरले पराजित गर्दै लिम्बू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्राप्त अन्तिम मत गणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेद्वार लिम्बूले २७२९७ र एमालेका खतिवडाले २६८६७ मत प्राप्त गरे । मत गणनाको सुरुदेखि अग्रता कायम गरेका खतिवडालाई अन्तिम समयमा पछि पार्दै लिम्बू दोस्रो पटक सांसद निर्वाचित भएका हुन् । उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा खतिवडालाई नै हराएर सांसद बनेका थिए । पछि २०७४ मा उनै लिम्बूलाई पराजित गर्दै खतिवडा सांसद बनेका थिए । यस पटक लिम्बूले जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय