jQuery(document).ready(function($){ //
});

कमल, १३ मङ्सिर । झापाको कमल गाउँपालिकामा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई आज मंगलबार न्यानो कपडा वितरण गरिएको छ ।

कमल गाउँपालिका वडा नं. ६, मा रहेको वर्क फर नेपाल र हेहेल्पिङ्ग हेन्डसको संयुक्त आयोजनामा उक्त विद्यालयका करिव ६० जना विद्यार्थीहरुलाई १ थान स्युटर, २ जोडी मोचा र टोपी वितरण गरिएको विद्यालयका प्रधानाध्यापक वचना राईले जानकारी दिनुभयो ।

उक्त वितरण कार्यक्रममा कमल ६ का अध्यक्ष नरेन्द्र भट्टराई प्रमुख अतिथिका रुपमा रहुन भएको थियो भने विशिष्ट अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण वहादुर राई रहनुभएको थियो ।

जाडोको मौसम सुरु हुन थालेकोले सामुदायिक विद्यालयका विद्यार्थीहरु चिसोबाट बच्नकालागि न्यायो कपडा वितरण गरिएको वर्क फर नेपालका अध्यक्ष त्रिलोचन अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय