jQuery(document).ready(function($){ //
});

झापा – झापाको अर्जुनधारामा सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आईतबार आयोजना गरिएको कार्यक्रममा ३३ जना दाताहरुले रगत दान गरेको सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा संचालन भएको कार्यक्रममा सहयात्रा ग्रुपका सदस्यहरुसंगै, स्थानीय नागरिक, सुरक्षाकर्मी र संचारकर्मीहरुले समेत रक्तदान गर्नुभएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आजको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधि होम दुलालले २४औं पटक रक्तदान गरेको बताएका छन् । दाताहरु मध्येमा दुलाल हालसम्म सबैभन्दा धेरैपटक रक्तदाता थिए ।

सहयात्रा ग्रुपका संयोजक तिलक योञ्जनको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गर्दै रक्तदान कार्यक्रमको थालनी भएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका जनप्रतिनिधिहरु चन्द्रा तामाङ, नारायण चापागाई, नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति भोला बराल, उपसभापति शान्तिराम घिमिरे, सचिव मुकुन्द भण्डारी, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज सुरेश नेपाल, शसस्त्र प्रहरी बल वेश क्याम्प खुदुनाबारीका इन्चार्ज नारायण गौतम, शान्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष तुलसी खतिवडा, सृजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खुम्बा तामाङ, युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

सामाजिक कार्यमा सक्रिय रहेको यूवाहरुको संस्था सहयात्रा ग्रुप २०७५ सालमा स्थापना भएको थियो । ग्रुपमा झापा र इलामका ३० जना भन्दा बढी सचेत युवाहरुको आबद्धता रहेको छ । २०७९ सालको तिहारमा ग्रुपले संचालन गरेको मौलिक देउशी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट खर्च हुने गरि पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरिएको ग्रुपका सदस्य मदन भट्टराई (जितु)ले जानकारी दिनुभयो । ग्रुपले आगामी कार्यक्रमको रुपमा लागु औषध दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रम गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय