-दिनेश पौडेल
पाँच वर्षमा तिम्रा आँखाले नोट देख्छन
नेताहरु तिम्रो एक – एक भोट देख्छन्
भोट हाल्दा हाल्दै पिल्सिएका चक्रहरुमा
वृद्ध आमा बाबाहरु बालबच्चाका चोट देख्छन्
भविष्य खोज्दै हिडेका शिक्षित युवा जमातहरु
तिम्रा फोस्रा भासणमा अन्धकार भविष्यको खोट देख्छन्
अस्ट्रेलिया,अमेरिका,जापान जानू छैन कसैलाई यहाँ
बस राम्रो विकास गरि देउ यसैमा युवा सपोर्ट देख्छन् ।।






