jQuery(document).ready(function($){ //
});

झापाको झापा गाउँपालिकामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ।

वडा नम्बर ६ स्थित शरणामतीमा मानव बेचबिखन तथा सुरक्षित बैदेशिक रोजगार बारे छलफल तथा अभिमुखिकरण र र्याली कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

मिसियो जर्मनीको आर्थिक सहयोग तथा झापा गाउँपालिकाको समन्वय एवंम कारितास नेपालको आयोजनामा सञ्चालित सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्तर्गत अन्तरास्ट्रिय आप्रवासी दिवस(डिसेम्बर १८) का दिन शरणामती स्थित सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न गरिएको छ।

कारितास नेपालका परियोजना अधिकृत हिमालयन अधिकारीको अध्यक्षता र झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक उमाकान्त खनालले सुरक्षित वैदेशिक रोजगार र मानव बेचविखनका बारे सचेतना दिएका थिए।यहाँ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ११/१२ मा अध्ययन गर्ने छात्रछात्राको उपस्थिति रहेको कार्यक्रममा प्रशिक्षकले कसैको प्रलोभनमा नपरी आफू सुरक्षित हुन के गर्ने भन्ने समेत प्रशिक्षण मार्फत बताएका थिए।

कार्यक्रममा मानव बेचविखन र सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सचेतना मुलक प्लेकार्ड बोकेर विद्यार्थीहरुले शरणामती बजार समेत परिक्रमा गरेका थिए।

कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु नविनकिशोर थापा, सखिचन्द्र ठाकुर,सल्लाहकार सदस्य रोशनी सेतिसुरुवाल,सुनिता खरेल,भिमकुमारी खतिवडा,सह प्रधानाध्यापक टिकाप्रसाद कटेल लगायत २०० जनाको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय