
कमल गाउँ पालिका इसाई समाजद्वारा आयोजित म्याराथन दौड प्रतियोगिता सप्पन्न भएको छ।
क्याम्पा बजार देखि पाडाजुङि सम्मको १० किलोमीटर दौडमा केटा तर्फबाट धरानका किरण लिम्बू प्रथम भए भने द्वितीय स्थान दमकका ओशन राइले हात पार्न सफल भए साथै तृतीय दमकका सरोज सिंह भए ।
प्रथम हुनेले रु १५०००, मेडल, ट्रोफि र सर्टिफिकेट पाए भने द्वितीय हुनेले रु १००००, मेडल, ट्रोफि र सर्टिफिकेट साथै तृतीय हुनेले रु ५०००, मेडल, ट्रोफि र सर्टिफिकेट प्रदान गरिएको थियो ।
केटि तर्फको दौडमा दमककि सपना राइ प्रथम भइन् र रु १००००, मेडल, ट्रोफि र सर्टिफिकेट पाउन सफल भइन् साथै द्वितीय स्थान दमककि रुपा राइ भइन् र रु ५०००, मेडल, ट्रोफि र सर्टिफिकेट पाउन सफल भइन् ।
दमकका तर्फबाट टिम मेनेजर बिकास रहणपहेलि रहेका थिए ।