jQuery(document).ready(function($){ //
});

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रचण्डले भोलि शपथ ग्रहण गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह भोलि अपरान्ह ४ बजे हुने छ।

उनलाई प्रतिनिधिसभाका १७० भन्दा बढी सांसदको समर्थन छ।

मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भएअनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय