jQuery(document).ready(function($){ //
});

-निर्वाचित इलामकै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने आफ्ना लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कूल बस खरिद गरिदिएका छन् । विद्यालयका लागि स्कूल बस किनिदिएपछि अध्यक्ष केरङको भने प्रशंसा सुरु भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याईएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् । विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन भन्दै अध्यक्ष केरुङले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको वडा नम्बर २ स्थित बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् ।

सो स्कूलबस सोमबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपीन योङ्या र प्रधानाध्यापक लक्ष्मेश्वर बनबरिया यादवलाई हस्तान्तरण गरे । उपाध्यक्ष दिलकुमारी लावती (योङहाङ) र प्रमुख प्रशाकसीय अधिकृत डिल्लीराम सुवेदीसकेत उपस्थितीमा अध्यक्ष केरुङले विद्यालयलाई स्कूल बस हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट सावरी साधन खरिद गर्न एक करोड रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमबाट ४१ लाख ६९ हजार रुपैयाँमा विद्यालयका लागि स्कूल बस खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । पालिकाले खरिद गरेर दिएको र संचालन खर्च सबै विद्यालयले व्यहोर्ने शर्त रहेको सुवेदीले बताए ।

केरुङ नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा नेकपा एमाले उम्मद्वार प्रदिपचन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका केरुङ २०७९ को निर्वाचनमा भने एमालेकै उम्मेद्वार ओमनारायण खनालभन्दा झण्डै तीन हजार मतान्तका साथ निर्वाचित भएका हुन् ।
-नयाँ बुलन्दबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय