मिति २०७९।०९।१४ गते अन्दाजी २३:४५ बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ स्थित मधुमारामा प्रदेश नं.-०१-०२-००५१ प १०२७ नम्बरको स्कुटर चोरी गरी पार्टपूर्जा खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने बर्ष २० को सतिस मुखियालाई चोरीको स्कुटर र खोलेको स्कुटर तथा मोटरसाईकलको पार्टसहरू सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान भई रहेको ।






