
– दिनेश पौडेल
मैले घमण्ड गरेको थिए त्यो ठाँउ मा
किन कि मेरो साथी छ तर त्यो साथी
आफ्नो महानता को युद्ध लढ्दा लढ्ह्लदै
पराजय लाई पन्छाएर एउटा सुन्दर इतिहास लेख्दै छ।
तर त्यो साथी आज
गला को पासो भो,
निल्नु न ओकल्नु को यात्रा भो
अनि तिमी नै भन जीवन मिर्तु कि सास।
सपना को ठूलो सगरमाथा चढाएर
घाम को ताप संगै केचनाको समथल भुभागमा
उत्तानो टाङ हुँदा पो थाहा भयो जीवन आशा कि साथ
तर,
तर,
तिमि आउछौ (२)
र मेरो जीवन शन्यू हुन्न
तिम्रो आगमन र मेरो जीवनको अन्तिम मिलन
हो आर्यघाट ।