jQuery(document).ready(function($){ //
});

काठमाण्डौं, (वर्षा लामिछाने, चैतन्य संस्कार)
डा. राजु अधिकारीद्वारा लिखित पुस्तक ‘बनाैँ संस्कारी’को चैतन्य संस्करण विमोचन गरिएको छ। नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेले शनिबार चैतन्य संस्कार शिक्षालय, मध्यबानेश्वरको प्रकाशन तथा आयोजनामा पुस्तक विमोचन गरेका हुन् । 


विद्यालयका संस्थापक निर्देशक शेषराज दाहालको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डे, योगमाया आयुर्वेदिक विश्वविद्यालयका संस्थापक अभियन्ता भविन्द्र अधिकारी, प्याब्सन जिल्ला कार्यसमितिका कोषाध्यक्ष आर.बी. अधिकारीलगायतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो।
विद्यालयका संस्थापक डा. भागवत आचार्यले सञ्चालन गरेकाे कार्यक्रममा पुस्तकको समालोचना गर्दै भविन्द्र अधिकारीले संस्कार प्रत्येक व्यक्ति, समाज र राष्ट्रको  आवश्यकता रहेको उल्लेख गर्दै विमोचित पुस्तकले त्यसलाई सम्बोधन गरेको धारणा राखे।

eHatiya


पाउँदाको उन्माद र गुमाउँदाको बिस्मादमात्र बोध गर्न सक्ने आम अर्ध चेतन मस्तिस्कको सतहभन्दा थोरै माथि उठेर जीवनलाई गहिराईबाट बुझ्ने र जगतलाई सतहबाट नियाल्ने प्रयास गर्ने हो भने सोचमा सकारात्मक परिवर्तनको महसुस हुदो रहेछ भन्ने मनोभावलाई अति सुक्ष्म एवम् सरल ढङ्गले विश्लेषण गर्दै सम्पूर्ण अभिभावक एवम् विद्यार्थी वर्गमा संस्कारी जीवनको थालनी गर्न आव्हान गरिएको उक्त पुस्तक समाजमा अनि विद्यार्थी जीवनमा सफल मार्गदर्शकको रुपमा सक्रिय रहने कुरा डा. अधिकारीले बताए। साथै लेखकीय मन्तव्य राख्दै उनले आफ्नो पुस्तक भोलिका कर्णधार बालबालिका र उनीहरूको अभिभावकका लागि उपहार रहेको बताए।


यस अतिरिक्त विगत लामो समयदेखि शिक्षण क्षेत्रमा रहेको शैक्षिक दौडमामा एक अब्बल शिक्षण संस्थानको रुपमा अवस्थित चैतन्य संस्कार शिक्षालयले संस्कार सहितको शिक्षामार्फत विद्यार्थीको समुन्नत विकासमा गरेको योगदानमा यो संस्कारण एउटा नयाँ खुट्किलोको रुपमा रहने कुरामा सम्पूर्ण अभिभावकहरु विश्वस्त रहनु भएको कुरा समेत चैतन्य संस्कार शिक्षालयका प्राचार्य दिनेश कुमार पाण्डेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय