बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितीबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अविनास थापा अध्यक्षमा त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा तुलसी निरौला, कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी र रन्जनकुमार शाही, तालिम निर्देशकमा शिव शंकर मण्डल, उपाध्यक्षमा पप्पु अन्सारी, प्रशान्त घिमिरे, सृजना थापा, निरज ढकाल र जनसम्पर्क अधिकारीमा अमित कर्ण निर्वाचित भएका निर्वाचित भएका थिए भने अध्यक्षले कार्यसमितिमा विभिन्न पदहरुमा नियुक्ति गर्दै बोर्डलाई पूर्णता दिएका थिए ।

२०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले निर्वाचित अध्यक्ष अभिनास थापालाइ सपथ गराए भने निर्वाचित अध्यक्ष थापाले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराए ।

यसरी नियुक्त हुनेहरुमा महासचिवमा अमित कर्ण , कानुनी सल्लाहकारमा विकाश रौनियार , कोषाध्यक्षमा कविराज दाहाल र सह सचिवमा प्रतीक्षा न्यौपाने मनोनित भएर १५ सदस्यीय बोर्डले पूर्णता पाएको छ ।
त्यस्तै अन्य विभिन्न समितीहरुमा पनि अध्यक्षले नियुक्त गरेका छन जसमा जुनियर जेसीज कोअर्डिनेटर रमेश अधिकारी , तालिम स्कुल सयोजक प्रवेश दुलाल ,शाखा सम्पादक प्रीतेशराज दाहाल ,थिम डाइरेक्टर अभिषेक भट्टराई , स्टार्टअप सयोजक अभिषेक गौतम ,आर्थिक वृद्धि सयोजक राजन नेपाल ,सदस्य वृद्धि सयोजक पंकज सापकोटा , मातृशाखा समन्वय सयोजक अन्कित थापा ,मिलाप कर्ण सुचना प्रबिधी , एरिया ए कन्फरेन्स सचिवालय सदस्य राजन पराजुली ,महिला शसक्तिकरण सयोजक दिपा साह ,अन्तर शाखा समन्वय सयोजक आर के मण्डल ,खेलकुद सयोजक मुकेश यादब रहेका छन ।
त्यस्तै पदस्थापन कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवाहरुको सस्थासँग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताए ।






