jQuery(document).ready(function($){ //
});


सबको इच्छा सार्थक शिक्षा सफा मन सार्थक जीवन नाराका साथ नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित यात्री,लेखक,वक्ता तथा अभियन्ता नबराज भट्टराई कोहमले फेरि नेपाल भ्रमण सुरु गरेका छन् । नेपाल सहित विश्वका विभिन्न मुलुक भ्रमण गर्दा समग्रमा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सीप,संस्कार र प्रविधिले युक्त नभएको देखेपछि भोजपुरमा जन्मेका भट्टराईले भोजपुरकै सिंहदेवी प्रावि च्याङ्रे मोहोरियाबाट भ्रमण सुरु गरेका हुन् । यस दौरानमा भोजपुर,खोटाङ र उदयपुरका १५ स्कुल कलेजमा गरेर आज झापा पुगेका हुन् !

यसअघि उनलेे भोजपुरकै नारायण प्रसाद भट्टराईसग नेपालका सबै जिल्ला, भारतका सबै राज्य र तीन केन्द्रशाशित प्रदेश, भुटान,म्यान्मार तथा चीनका केही भुभागको भ्रमण गरी नेपाल भ्रमणका सात सय तीस दिन,विश्व दृस्टी,तथा देखेको विश्व र नेपाल तथा नेपाल दर्शन र त्रिदेश दर्शन सार्वजनिक गरिसकेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

खिइखिइ लामो समय बाच्नुभन्दा एक सेकेन्ड नै सही,धपक्कै बलेर किन नमर्नु भन्दै यात्री भट्टराईले भने, भ्रमण गर्न नोट होइन अठोट बोकेर हिडेको छु। पहिलो चरणको यात्रा पनि गोजीमा रहेको तीन सय पचास रुपैयाँ बाट सुरु भएको थियो।
यात्राको प्रायोजक को हो भन्ने जिज्ञासामा भट्टराई भन्छन् , पाए आम नेपाली जनजनको साथ, नपाए आकाश छानो, हावापानी मानो।

गत यात्रामा पनि यही मनोबलका साथ यात्रा गर्दा सफलता मिलेको र यसपटक पनि सफलता मिल्ने उनको दृढ़ विश्वास छ। उनी थप्छन् , म आफैंले चाहेर जन्मेको पनि होइन, चाहेर मर्ने पनि होइन। अत जसले धर्तीमा ल्यायो,बचाउनु छ भने उसैले बचाउछ,मार्नु छ भने उसैले मार्छ। पलपल मरिरहेको जिन्दगीमा मरिएला मरिएला कि भनेर केही नगरी बस्नु जिन्दगीको ठूलो अपमान हो।

रेडियो नेपाल, नेपाल टेलिभिजन देखी टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्ससम्म साथै देशविदेशका सैयौ एफएम रेडियो टेलिभिजन,पत्रपत्रिका तथा अनलाइनले उनको अघिल्लो यात्राबारे कभर गरिसकेका छन् भने देशविदेशका सैयौ संघ संस्थाले उनलाई पुरस्कृत तथा सम्मानित समेत गरेका छन् ।

आफ्नो यात्रा मोटिभेसन मार्फत एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्य दुई वर्षमा पुरा गर्न सम्बन्धित सबैमा सहयोगका लागि हार्दिक अनुरोध गरेका छन् । यस दौरानमा उनलेे स्कुल कलेज ,विश्वविद्यालय, सरकारी कार्यालय तथा ब्यापारिक संस्थामा मोटिभेसन वर्कशप, सेमिनार तथा क्लास दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय