jQuery(document).ready(function($){ //
});

महावीर पुनले आफ्नो फेसबुक स्टाटस मार्फत  सहयोग को लागी आव्हान गर्नु भएको छ।।

काठमाडौं – नेपालमा अहिले महाविर पुन उनका आविस्कार ,प्रविधि साथै  उन्को सरलता ले सम्पुर्ण जनता का निम्ति  लोकप्रिय  हुदै  गएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

केही समय अघि  उनको अथक  प्रयास पछी  “राष्ट्रिय आविस्कार केन्द्र” खोलीनु पनि आफैमा गर्वको कुरा हो।नेपाल मा प्रविधि क्षेत्र मा अव्व्ल बनाउन प्रण लिएर अघि बढेेेेेका पुन ले बिगतमा धेरै  तिता अनुभव  बटुलि सकोको बताउने  उनी अझै पनि कतै ढग्मगाएको भने छैनन्। राष्ट्रले त्यो किसिम को अपेक्षित सहयोग  नपुर्याए पनि  नेपाल भरि  बाट उनलाई सहयोग गर्ने मन भने धेरै को देखियो।। पछिल्लो पटक  हिजो मात्रै उनको  फेसबुक  वाल बाट  सम्पुर्ण नेपाली हरु लाई  भाबुक  शैलिमा आव्हान गर्नु भएको छ ।

उहाँको भनाइ : “बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ.

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ.

दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ.

कोहि हुनु हुन्छ भने मलाई mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ.”

सहयोग नभएर उहाँले पैसा ऋण मै  माग्नु भएको छ र त्यसको ब्याज समेत  प्रधान गर्ने भनि उल्लेख गर्नु भएको छ ।। सहयोगि मन हरु लाई सकेको सहयोग गर्नका निम्ति  हामी  आव्हान गर्दछौ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय