jQuery(document).ready(function($){ //
});

गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को नयाँ गीत “घर मेराे भुटाइ टाेल” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दिया, सररर इज्निने गाडीमा , डाँडाघरे काका मरे, सुनकाे सिक्री, मर्गेली हम, काका हरायाे लगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “घर मेराे भुटाइ टाेल” बोलको गीत सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर संगीतमा रहेको सो गीतमा एलएन गच्छदारकाे शब्द, डम्बर लिम्बुकाे एरेन्ज रहेकाे छ ।

सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै अच्यूत अधिकारी (व्याए भुटान), कृष्ण काफ्ले, कृष्ण सुबेदी, प्रभा पाैडेल,डम्बर राई, अार्यन शर्मा, दिपेश पाेखरेल, ज्याक, लगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय