
– किशोर निरौला
तिमिलाइ अनफ्रेन्ड गर्दैमा
मनका नामहरु मेटिने होइन रैछ ‘सेभ् कन्ट्याक्ट लिस्ट’ बाट हटाउँदैमा
कण्ठस्थ तिम्रो नम्बर नभुलिँदो रैछ
भेट्न छोड्दैमा
हरेक साँझले सम्झनाहरु छोडेर नआउँदो रहेछ
कति सजिलै भन्यौ तिमीले
मानौ आफ्नै छायाँ छलेर भाग्न सकिन्छ ।
तिमी नै भन अब
तिम्रो याद बढ्छ कि घट्छ होला?
र आज म गिलास भरि वाइन भरेर
एउटै प्रश्न दोहोराइरहेछु आफैसंग तिमीलाइ भेटेर
‘ह्याप्पि म्यारिज एनिभर्सरी’ भनौ
या
तिमीलाइ भेटेर
‘ह्याप्पि ब्रेकअप एनिभर्सरी भनूँ ?माया💔