jQuery(document).ready(function($){ //
});

मोरङको उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुदै । महोत्सव, माघ २१ देखि २९ गतेसम्म चल्ने छ।

९ दिनसम्म सञ्चालन हुने प्रादेशिक महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको छ । उर्लाबारी– ४ नगरपालिका कार्यालय पूर्वपट्टि सञ्चालन हुने महोत्सवले नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउने महोत्सवका संयोजक तथा उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रबहादुर भट्टराई भरतले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय